जेष्ठ नागरिकलाई भोजन र न्यानो कपडा

पौष ७, काठमाडौं । काठमाडौंको गोङ्गाबु स्थित  हिमालय वृद्धश्राममा रहेका आमाबुबालाई भोजन तथा न्यानो कपडा वितरण गरेको छ ।

आईटिम फाउन्डेसन र एनआरएनए लेबनानका महिला संयोजक मन्जु मोक्तानले वृद्धश्रममा रहेका ४१ जना जेष्ठ नागरिकलाई भोजन गराउनुको साथै न्यानो कपडा पनि वितरण गरेको छ । मोक्तानले आफ्नो जन्मदिनको अवसर पारेर वृद्धश्राममा रहेका आमाबुबालाई सहयोग गरेकी छिन ।

पुर्व संविधान सभा सदस्य तिर्थ लामाको प्रमुख आतिथ्यतामा सोमबार वृद्धहरुलाई जाडोबाट बच्न न्यानो ज्याकेट, साबुन, फलफूल तथा भोजन गराएको आईटिम फाउन्डेसनका अध्यक्ष दावा फेन्छु लामाले बताए । फाउन्डेसनले पढाइमा तिक्ष्ण तर अार्थिक अभावले पढाइ बिचैमा छोड्नु परेकोहरुलाई छात्रवृत्ति को लागि स्कुलमा सिफारिस गरिदिने र थुप्रै सामाजिक कार्य गर्दै आईरहेको बताउदै वृद्धश्रामका जेष्ठ नागरिकलाई जाडोबाट पर्ने असरलाई केही कम गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.