बिपी प्रतिष्ठानका रजिष्ट्रार श्रेष्ठसहित ४ जनालाई भ्रष्टाचार मुद्दा दायर

पुस १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित चार जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले उनीहरुलाई ५ लाख ५० हजार बिगो कायम गरी विशेषमा मंगलबार मुद्दा दायर गरेको हो। मुद्दा दायर हुनेमा श्रेष्ठसहित प्रतिष्ठानको आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर क्लर्कद्वय चन्द्र कुमार मगर र रमेश कुमार खतिवडा रहेका छन्।

अख्तियारले उनीहरुविरुद्ध बिल भर्पाइ नराखी भौचरसमेत नउठाइ प्रतिष्ठानको रकम हिनामिन गरी भ्रष्टाचार गरेको उजुरी परेपछि अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरुले मिलेमतोमा ५ लाख ५० हजार रुपैयाँ जीवन पौडेलका नाममा बिल भरपाइ नै नगरी भुक्तानी गरेको प्रमाण फेला परेपछि विशेषमा आरोप पत्र दायर गरेको हो। अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.