पुस १, काठमाडौं । घाँस–दाउरा गर्दै गरेकी महिलाले फालेको मुढा लागेर डोटीको दिपालयमा एक सैनिक हवल्दारको मृत्यु भएको छ ।
मुढा लागेर नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर राजपुरमा कार्यरत हवल्दार जगतजंग थापाको मृत्यु भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार जंगलमा फाइरिङ गरेर फर्किने क्रममा घाँस–दाउरा गर्दै गरेकी शारथी कठायतले माथिबाट फालेको मुढा थापालाई लाग्न पुगेको थियो । मुढा लागेपछि घाइते भएका सैनिक हवल्दार थापालाई उपचारका लागि शैलेश्वरी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको ज्यान गएको हो । कठायत घरमै रहेको र सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।

