धनकुटामा अटो दुर्घटना, दुई जनाको मृत्यु

मंसिर २९, धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको फलैंचामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अटो चालक धनकुटा–२ का दशरथ पाख्रिन र तेह्रथुमको छथर गाउँपालिका–१ का साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । घाइते दुईजनालाई उपचारका लागि हिले र धनकुटा अस्पतालमा पठाइएको छ ।

धनकुटाको हिलेबाट सिंधुवा जाँदै गरेको को २ अ ६६११ नम्बरको अटो तेह्रथुमको बसन्तपुरबाट हिले आउँदै गरेको को १ ख ६९१२ नम्वरको मसिन बोकेको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.