कबिता कोटाः आफ्नो पहिचान बोकेर 

– शीतल थोकर तामाङ

जसरी आफैमा आफ्नो पहिचान बोकेर 
उभिन्छ पहाड, 
त्यसै गरि आफै दुरि मापन गरेर 
लम्बिरहेको छ क्षितिज ।

भोलिलाइ भेट्न अर्को दिन कुर्दा
जसरी भोली फेरि पनि भोलि बनेर सर्छ
त्यसरी नै जति जति अगाडि बढ्यो
क्षितिज उति उति पर भाग्दै जादोरहेछ।

तिमी पनि क्षितिज भयौ
जो लम्बाइमा आफ्नो पहिचान बनाइ रहेछौ।

तिमिले आफ्नो पहिचान बनाउदा
ख्याल गरि दिएको भए।
तिमी क्षितिज नभैदिएको भए
मेरै पछेउरी उडाएर लाने बतास भै दिन्थ्यौ कि।

या भै दिन्थ्यौ कि मैले टेकि हिड्ने गोरेटो
तिमी गोरेटो हुन्थ्यौ भने 
मैले बिछ्याइ दिने थे गोरेटै भरी रा… तो गुलाफ
सुनेको फूलको बाटो हिडियो भने
गन्तब्यमा पुगिन्छ रे।

उसै पनि तिमी बाहेक अन्य गन्तव्य के नै छ र मेरो
जस्का लागि फूलको बाटो हिड्न परोस।

तर जब सम्म त्यो क्षितिजमा घाम डुब्न छोड्दैन
बुझ्नु यो दिलमा तिम्रो लागि कोटा खाली नै छ भनी।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.