अफगानिस्तानबाट ४ हजार सेना फर्काउँदै अमेरिका

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्ताबाट करिब ४ हजार आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ ।

ट्रम्प प्रशासनका एक बरिष्ठ अधिकारीले जनाए अनुसार सो सम्बन्धी घोषणा अर्को साता हुन सक्नेछ । ट्रम्पले यस अघि नै केही हजार सेना अफगानिस्तानबाट फिर्ता गर्न सकिने जनाएका थिए ।

१८ वर्ष अघिको युद्धपछि पनि अफगानिस्तानमा १२ देखि १३ हजार अमेरिकी सेना बस्दै आएका छन् । गएको अगस्टमा ट्रम्पले ८ हजार ६ सय सेना फिर्ता गर्ने र के हुन्छ हेर्ने बताएका थिए ।  ह्वाइट हाउस र पेन्टागनले भने सो विषयमा बताउन चाहेका छैनन् । सेना घटाउने विषयमा आवश्यक तयारी भइरहेको र तालिबानसँग पनि अमेरिकाले वार्ता गर्न खोजिरहेको जनाइएको छ ।  गएको महिना राष्ट्रपति ट्रम्पले तालिबानले युद्धविरामको लागि सहमति जनाउने सम्भावना रहेको जनाएका थिए ।

(सीएनएन)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.