मंसिर २९, काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा रक्षासिंह राणा निर्वाचत भएकी छिन् । राणा ४५ भोट ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनकी प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठले ४४ भोट प्राप्त गरेकी थिइन् ।
२१७ मतदाता रहेको निर्देशक समाजको निर्वाचनमा १३४ भोट खसेको थियो । समाजको उपाध्यक्षमा राजु अधिकारी र राजेन्द्र उप्रेती चयन भएका छन् भने महासचिवमा जनकदीप पराजुली, सचिवमा अरुणकुमार प्रधान, कोषाध्यक्ष समुन्द्र भट्ट (निर्बिरोध) र सहकोषाध्यक्षमा हरि सिलवाल (निर्बिरोध) चयन भएका छन् । सदस्यहरूमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नवीन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने चयन भएका छन् ।

