मिस वर्ल्ड २०१९ बनिन् जमैकाकी सुन्दरी

मंसिर २९, लण्डन । बेलायतमा सम्पन्न भएको मिस वर्ल्डको विजेता जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिह बनेकी छन् ।

उनलाई पहिलाकी मिस वर्ल्ड मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् । यसैगरी फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो र सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन राव बनेका छन् । यसअघि विविध विधामा टप ४० मा पर्न सफल उनी अन्ततः मल्टिमिडिया अवार्ड विजेता बनी टप १२ मा पर्न सफल भएकी हुन् । ६९ औं मिस वर्ल्ड २०१९ लन्डनको एक्सेल हलमा आयोजना गरिएको थियो । कार्यक्रममा १ सय भन्दा बढी मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए । मिस वर्ल्ड २०१९को सुरुवात नोभेम्बर २० बाट भएको थियो । – एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.