प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी

मंसिर २७, काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरिएको छ । काउन्सिलले हरेक बर्ष वर्गीकरण गर्दा पत्रपत्रिकालाई विभेद गरेको भन्दै पत्रकारहरुले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

आन्दोलनरत पत्रकारका तर्फबाट गठित केन्द्रिय संघर्ष समितिका संयोजक तथा प्रकाश साप्ताहिकका सम्पादक दिपक पाण्डेले काउन्सिलका पछिल्ला गतिविधिले नेपाली पत्रकारहरुले शिर झुकाउनुपर्ने स्थिति सृजना भएको, पत्रकार र संचारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल आफै आचारसंहिता उलंघन गरिरहेको र पत्रकारीताको मर्यादाविपरीत पत्रकार तथा संचारमाध्यमको हुर्मत लिने काम गरिरहेकाले तालाबन्दी गर्नुपरेको बताउनुभएको छ ।

काउन्सिलका पदाधिकारीको हस्तक्षेपका कारण निस्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा पत्रिका वर्गीकरण हुन नसकेको भन्दै काउन्सिलले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४÷ ०७५ को पत्रपत्रिका वर्गीकरण खारेज गरी पारदर्शी रुपमा पुर्नवर्गीकरण गर्न प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, सूचना तथा प्रसारण विभागका महानिर्देशक र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाइ सकिएको पनि पाण्डेले जानकारी दिनुभएको छ । तर, अहिलेसम्म काउन्सिलले आफुहरुका माग पूरा नगरेकाले काउन्सिल शुद्धिकरण तथा पत्रिका वर्गीकरण पारदर्शी बनाउन दबाब दिने उद्देश्यले शुक्रवार बिहान ११ देखि १२ बजेसम्म प्रेस काउन्सिल घेराउ गरिएको उहाँको को भनाई छ ।

घेराउ कायृक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति, काठमाडौं, ललितपुर र भक्तपुर शाखासँग सम्बद्द पत्रकारहररुको सहभागिता रहेको छ । आन्दोलनरत पत्रकारहरुले यो अभियानलाई सफल पार्न र देशव्यापी रुपमा ऐक्यवद्धता जनाउन सबै पत्रकार तथा महासंघका सबै शाखाहरुलाई आग्रहसमेत गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.