चलचित्र ‘दी ब्रेकअप’ को युटयुब रिलिज

मंसिर २७, काठमाडौं । आशिरमान देशराज जोशी र शिल्पा मास्के अभिनित चलचित्र ‘दी ब्रेकअप’ युटयुब रिलिज भएको छ ।

लभ स्टोरी जनराको बनेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् भने चलचित्रको कथा, पटकथा पनि स्वंयम बिसीकै रहेको छ । चलचित्रमा आशिरमान र शिल्पासँगै रेमनदास श्रेष्ठ, इच्छा कार्की,सरोज खनाललगायका कलाकारहरुको अभिनय रहेको छ । ११ डिसेम्बरमा युटयुबमा आएको चलचित्रलाई यो रिपोर्ट बनाउँदासम्म ३ लाख बढी दर्शकले हेरिसकेका छन् । चलचित्र फागुन १७ मा हलमा आएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.