गाउँपालिका अध्यक्ष थापाद्वारा मन्त्री त्रिपाठीलाई बधाई

समाचारदाता कपिलवस्तु
मंसिर २७, विजयगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले मंगलवार काठमाण्डौँ पुगी नव नियुक्त समान्य तथा प्रशासन मन्त्रालयका मन्त्री हृदेश त्रिपाठीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ । उहाँले गाउँपालिका भित्र भईरहेको विभिन्न समस्या तथा विकासका गतिविधिबारे मन्त्री त्रिपाठीलाई भेटेर ध्यान आकर्षण गराउनु भएको छ ।

कृषि, सिचाई, स्वास्थ्य, शिक्षा र समसामायिक विकास निमार्णका कार्य लगायतका विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै मन्त्री त्रिपाठीलाई केन्द्रिय कार्यालय काठमाण्डौँमा पुगी जानकारी गराउनु भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.