नायिका केकी भन्छिन् – “कोही भन्छन् फुल मलाई” (भिडियो )

मंसिर २७, काठमाडौँ । गायिका सुमिता राईको डेब्यु एल्बम ‘सगुन’ भित्र समावेश गीत “कोही भन्छन् फुल मलाई”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विगत १५ वर्षदेखि यूके बस्दै आएकी गायिका राईलाई सानैदेखि गीत – सङ्गीतमा गहिरो अभिरुची भएपनि विविध कारणले एल्बम प्रकाशन गर्न सकेकी थिईनन ।केहि महिना अघि नेपालमा एक कार्यक्रम गरि उनको एकल एल्बम “सगुन” बिमोचन गरिएको थियो। नेपाली सङ्गीत आकाशमा श्रोताका लागि मीठो ‘सगुन’ लिएर उदाएकी प्रतिभाशाली गायिका राईको हालै सार्वजनिक म्युजिक भिडियो “कोही भन्छन् फुल मलाई” गीतका शब्द मुकेश राईले लेखेका हुन् भने गीतमा संगीत बिक्रम राईको रहेको छ । पुरुषोत्तम सुवेदीले गीतको संगीत संयोजन गरेका हुन् ।

भिडियोमा विभिन्न भेषभुषामा सजिएकी नायिका केकी अधिकारीको सुन्दर निर्त्य देख्न सकिन्छ । नेपालको विभिन्न रमणीय ठाउमा शुट गरिएको भिडियोलाई अकिल बजगाईले छायांकन गरेका हुन् । प्रकाश एसकेले भिडियो सम्पादन गरेका हुन् । गोबिन्द राईको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो खरुन राईले निर्माण गरेका हुन् । सुमिता राईको आफ्नै अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.