ऐतिहासिक तामाङ सेलो संगीत तथा खाना महोत्सवको तयारी पूरा

प्रारम्भ खबर ।

मंसिर २६, काठमाडौँ । राजधानीमा हुने तामाङ समुदायको रिति, संस्कार तथा संस्कृतिलाई जर्गेना र प्रर्वद्धन गर्ने उद्देश्यका साथ सुरु हुने तामाङ सेलो संगीत तथा तामाङ खाना महोत्सवको तयारी पूरा भएको छ ।

मंसिर २७ र २८ गते दुई दिनसम्म चल्ने उक्त महोत्सवको संयोजन गरिरहेको नेपाल तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष एवम् गायक तथा संगीतकार विश्व दोङले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । तामाङ समुदायको कला, संस्कार र संस्कृतिलाई प्रर्वद्धन गरी विश्वसामु तामाङ समुदायको पहिचान झल्काउन महोत्सवले सहयोग पु¥याउने बताए ।

काठमाडौँको चुच्चेपाटी हायत चौरमा हुने उक्त महोत्सवमा तामाङ कला तथा गीत संगीतको माध्यमबाट समुदायको हकहित, पहिचान तथा चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएका सर्जकहरुलाई समेत सम्मान गरिने गायक दोङले जानकारी दिए । महोत्सवको पहिलो दिन मंसिर २७ गते तामाङ समुदायका विभिन्न संघसंस्था र कलाकारहरुको सहभागीतमा बौद्धगेटबाट झाँकी, प्रर्दशन, ¥याली सहितको कार्यक्रम स्थलसम्म पुगिने कार्यक्रम रहेको जनाए । महोत्सवमा तामाङ रिमठिमका विभिन्न वस्तुहरु प्रर्दशन, विशेष डम्फूको वाख्या, ताम्बा काईरान, तथा तामाङ खानाका परिकारहरु समेत स्वाद लिन सक्ने गरी आयोजक पक्षले सम्पूर्ण व्यवस्थापन गरेको बताएको छ ।

महोत्सवबारे गायक विश्व दोङसंगको कुराकानीः 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.