स्वर्ण पदक विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

मंसिर २५, काठमाडौं । मंगलबार सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा भएको छ।

प्रधानमन्त्री केपी ओलीले बुधबार सागका पदक विजेता खेलाडीको सम्मानमा प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले रजत पदक जित्नेलाई ६ लाख र काश्य पदक जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरे। सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक जितेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.