नेपाली बैंक ह्याक गर्ने तीन जना पक्राउ

मंसिर २५, काठमाडौँ । नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा समेत ह्याक गरेर रकम चोरि गर्ने तिन जना पक्राउ परेका छन् । सर्वसाधारलाई विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार नाइजेरियन तथा भारतीय नागरिक पीटर हर्मन असेन्जा र स्मिथ मोरिसले नयाँ दिल्ली, मुम्बई पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएका छन् । उक्त समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए ।

उनीहरु ह्याक र ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको पाईएको छ । ४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोजेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.