सूचना आयोगमा गरिएका सिफारिस खारेजीको माग गर्दै सर्वोच्चमा रिट

मंसिर २५, काठमाडौं । राष्ट्रिय सूचना आयोगमा आयुक्त सिफारिस गरिएको व्यक्तिहरुको नाम खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता विष्णु लुइँटेल र सविन पोख्रेलले सोमबार अलग– अलग रिट दायर गरेका हुन् । रिटमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सूचनाको हकसम्बन्धी ऐनको दफा ११ को व्यवस्था विपरीत सिफारिस गरेको जिकीर गरिएको छ। सभामुखको अधिकार उपसभामुखले प्रयोग गर्ने कल्पना ऐनले नगरेको जिकीर गर्दै रिटमा त्यस्तो सिफारिस खारेज गर्न माग गरिएको छ ।

आइतबार उपसभामुख शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रमुख सूचना आयुक्तका लागि पूर्वसञ्चार सचिव महेन्द्रमान गुरुङ र आयुक्तका लागि अधिवक्ता कमला वली र दीपक मैनालीको नाम सिफारिस गरेको थियो । सो सिफारिस असंवैधानिक भन्दै रिटमा खारेज गर्न माग गरिएको छ । वली पूर्व एमाले र मैनाली तत्कालीन माओवादी केन्द्र निकट हुन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.