जाडोमा ‌ओठलाई कसरी जोगाउने ? हेर्नुस स्वास्थ्य टिप्सहरु

लिपबाम दल्नुस्
समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ।

स्क्रब गर्नुस्
फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन।

नकोट्याउनुस्
ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन। नत्र घाउ लाग्न सक्छ।

बाममाथि लिपस्टिक लगाउनुस्
जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ। यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ।

ओठ नचाट्नुस्
जाडोमा ओठ सुखा हुने भएकाले ओठ फुट्ने गर्छ। ओठको सुखापन हटाउन ओठमा जिब्रो घुमाउने धेरैको बानी हुन्छ। यस्तो गर्नु हुँदैन। यस्तो गर्नाले ओठ अझ बढी सुखा हुन्छ। –स्वास्थ्य खबर

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.