काम नगरी कृषिको १५ लाख रुपैयाँ भुक्तानी

मंसिर २४, गुल्मी । गुल्मीमा एक आयोजनाले कानम नगरी नै भुक्तानी लिएको छ । छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहले काम नगरी नै भुक्तानी लिएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा ५ नं प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयले कागती खेतीका लागि १३ लाख ३२ हजार ६५० र गाउँपालिकाबाट दुई लाख ३४ हजार ७७६ गरी १५ लाख ५६ हजार ४२६ रुपैयाँ विनियोजन भएको थियो । त्यसरी विनियोजन गरिएको बजेटको २०७६ असार मसान्तभित्र सबै काम सकिसक्नुपर्ने हो । तर मन्त्रालय र गाउँपालिकाले आयोजनाको कामको अनुगमन र मूल्यांकनसमेत नगरी नक्कली कागजपत्र बनाएर काम पूरा नभएको योजनाको पनि वागवानी उपभोक्ता समूहले भुक्तानी लिएको प्रमाणित भएको छ । आयोजनाको आर्थिक वर्ष सकिएको पाँच महिना सकिसक्दा पनि सम्झौताअनुसारको काम भने हुन सकेको छैन । अहिले कागती खेतीका लागि भन्दै ढुङ्गेधाराको खाली जमिनमा खाल्डा खनिएको छ ।

पहिलो चरणमा २५० वटा कागतीका बिरुवा रोपे पनि अहिले केही मात्र जीवित छन् । संरक्षणका लागि कुनजै विधि नअपनाउँदा रोपिएका अधिंकाश बिरुवा मर्न थालेका छन् भने कतिपय बिरुवा गाईवस्तुले खाएका छन् । अहिले जीवित र मरेका बिरुवाका संख्याबारे उपभोक्ता समिति पनि अनभिज्ञ छ । वागवानी समितिका सचिव चुराबहादुर कुँवरले आयोजनामा आएको बजेटको स्रोत नै आफूलाई थाहा नभएको बताए । ‘गाउँपालिका र प्रदेश सरकारले १५ लाख रुपैयाँ दिएको हो भन्ने सुनेको छु, वास्तविकता कसैले भन्दैनन्’, उनले भने, ‘सबै काम समितिका अध्यक्षले गर्नुहुन्छ, हामीलाई पत्तै हुँदैन ।’ उपभोक्ता समितिका अध्यक्ष विष्णु पौडेलले प्रदेश र गाउँपालिकाबाट विनियोजित रकम सबै भुक्तानी लिएको बताए । थोरै काम बाँकी भए पनि धेरै काम पूर्ण गरिएको उनले बताए ।

अहिले पनि समितिको खातामा एक लाखभन्दा बढी रकम बचत रहेको र आफूले समितिका सबै पदाधिकारीसँग समन्वय गरेर काम गरेको उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले काम सम्पन्न नभई भुक्तानी गर्नु गैरकानुनी भएको बताए । उपभोक्ता समिति गठन भइसकेपछि त्यसले गरेको काम अनुगमन समिति र मूल्यांकन समितिले निरीक्षण गरिसकेपछि मात्र भुक्तानी हुनुपर्नेमा आफू सहमत रहेको उनले बताए । वागवानीमा भएको अनियमितताबारे पनि आफ्नो ध्यानाकर्षण भएको उनले बताए । कारोबारबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.