पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको ‘कारा’ बजारमा

मंसिर २३, काठमाडौं । नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले लेखेको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ ।

कारा भनेको के हो ? उपन्यासकार कार्कीका शब्दमा, ‘कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ ।’ निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरू भएको समयको सेरोफेरोको कथा बोल्ने यो उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा पनि हो । बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरुले भोगेको लामो ताडना र यातनाको गाथा हो– कारा ।

‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरु सुनें । देखें । त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो,’ कार्कीले बताइन । पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे÷भोगेका महिलाहरुका पीडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.