१३ औं सागको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी महानिरीक्षक खनाल पोखरामा

मंसिर २२, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र  खनाल दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी प्रतियोगिताको सुरक्षा व्यवस्था तथा प्रहरी परिचालनको विषयमा जानकारी लिन आइतबार पोखरा पुग्नु भएको छ ।

प्रहरी महानिरीक्षक खनालले राष्ट्रको प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको उक्त खेलको सुरक्षा व्यवस्थाबारे जानकारी लिई त्रुटिरहित ढंगले प्रहरी परिचालन गर्न र सभ्य एंव भव्य रुपले सफल पार्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । सो अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले खेल प्रतियोगिता, खेलाडी, प्रशिक्षक, दर्शक, सवारी आवगमन लगायतका विषय समेटिएको दक्षिण एसियाली खेलकुद सुरक्षा रणनीतिबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई जानकारी गराउनुभयो ।

सोही क्रममा प्रहरी महानिरीक्षक खनालले पोखरा रंगशालामा गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवि पुन मगरको अध्यक्षतामा सम्पन्न उक्त खेलकुदको सुरक्षासँग सम्बन्धित विशेष अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनुभएको छ । साथै उहाँले पोखरा रंगशालाको समेत स्थलगत अवलोकन गर्नुभई प्रतियोगिताको सुरक्षार्थ स्थापना भएको नेपाल प्रहरी कमाण्ड पोष्ट र प्रतियोगिता अन्तर्गत अन्य खेलकुद हुने स्थानको समेत अवलोकन गरी दक्षिण एसियाली खेलकुदलाई सफल पार्न अन्तिम समयसम्म प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन समेत दिनुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.