प्रारम्भ खबर ।
मंसिर २२, काठमाडौँ । ७१ औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवस २०१९ को अवसरमा राजधानीमा मानव अधिकार महाभेला सुरु भएको छ ।
आईताबार गैरसरकारी संस्था महासंघ नेपालको संयोजनमा राष्ट्रिय युवा महासंघ नेपाल, ग्रास रुट्स डिभलपमेन्ट फाउण्डेशन लगायत विभिन्न सामाजिक संस्थाहरुको आयोजनामा भएको ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रमको उद्घाटन समारोहमा बोल्ने मानवअधिकारकर्मीहरुले कञ्चनपुरकी निर्मला पन्त र काभ्रे पाँचखालका अजीत मिजारको घटना प्रकारणलाई सरकार र सरोकारवालाले चासो नदेखाएकोप्रति आपत्ति जनाएको छ ।
बलात्कारपछि हत्या गरिएको निर्मलाको बारेमा सम्बन्धित निकायबाट प्रभावकारी रुपमा छानविन नभएको र पीडितले न्याय पाउन नसकिरहेको उनीहरुको भनाई रहेको छ । जातीय विभेदकै कारण मिजारले ज्यान गुमाएको पीडितहरुको भनाई रहेता पनि सरकारले कुनै चासो नदेखाएको भन्दै अधिकारकर्मीहरुले त्यसतर्फ विशेष जोड दिन सरकारलाई आग्रह गरे । त्यस्तै मानवअधिकारकर्मीहरु पनि निष्पक्ष र स्वतन्त्रपूर्वक घटनाको छानविनमा सहयोग पु¥याई पीडित पक्षलाई न्याय दिलाउन अनुरोध गरे । ‘दिगो विकासको आधार, सबैको लागि मानव अधिकार’ भन्ने अन्र्तराष्ट्रिय नारासहित देशभर साताव्यापी रुपमा महासंघ र विभिन्न सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको उक्त महाभेलाबाट मानव अधिकार र कानुनको कार्यन्वयनको पक्षमा विशेष जोड पु¥याउन सकारात्मक शन्देश पुग्ने बताएको छ । कार्यक्रममा बोल्ने वक्तहरुदे नेपालमा मानव अधिकारलाई संस्थागत रुपमा विकास र व्यवहारिक बनाउन सबै अधिकारकर्मीहरु एक जुट हुनुपर्ने बताएका छन् ।
समुद्घाटन समोरोहका प्रमुख अतिथि समेत रहेका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नागरिक समाज र सरकारवीच कुनै पनि मतभेद नरहेको बताएका छन् । मन्त्री गुरुङले सरकार र राष्ट्रलाई सफल पार्न नागरिक समाजको महत्वपूर्ण भूमिका रहने भएकोले नागरिक समाजको खबरदारीलाई सकारात्मक सल्लाह र सुझावको रुपमा लिएको बताए । त्यस्तै सरकारले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल पार्न आम नागरिकको उत्तिकै सहयोग रहने बताउँदै सरकार मानव अधिकार संस्थाहरुसंग साझेदारी गरी अघि बढ्ने प्रतिबद्धतता व्यक्त गरे ।

कार्यक्रममा मानवअधिकारर्की चरण प्रसाईँ, प्राध्यापक डा. कपिल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, भक्तबहादुर विश्वकर्मा, नरेन्द्र खतिवडा लगायतले धारणा राखेका थिए । आईतबारबाट सुरु भएको कार्यक्रम मानव अधिकारका विषयमा विविध कार्यक्रम गरी राष्ट्रिय दिवसको रुपमा विकास गर्न लागि परेको आयोजकले बताएको छ । उक्त समुद्घाटन कार्यक्रमबाट मानवअधिकारकर्मीहरु प्राध्यापक डा. मथुरा प्रसाद श्रेष्ठ, गौरीप्रसाद प्रधान र गंगा तुलाधारलाई सम्मान गरेका थिए ।

