१३ औं साग खेलः १०६ स्वर्णसहित भारतको अग्रता कायमै

मंसिर २२, काठमाडौँ ।  तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् ।

नेपालले शनिबार म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जित्नुभएको हो । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जित्नुभएको थियो । यस्तै साग अन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जित्नुभएको हो । उहाँले बङ्गलादेशका खेलाडीलाई पराजित गर्नुभयो । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।

साग पदक तालिका

देश            स्वर्ण       रजत     कास्य     जम्मा
भारत          १०६        ६९      ३५         २१०
नेपाल          ४३          ३३      ६२         १३८
श्रीलङ्का        ३०          ५४      ८३         १६७
पाकिस्तान    २१           १८      ३४        ८३
बङ्गलादेश     ७            २२     ५४        ८३
माल्दिभ्स       १             ०       २           ३
भूटान           ०              ०      ६          ६

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.