विरोध स्वरुप जोरपाटी शंकरापुर सडकमा ¥याली

प्रारम्भ खबर ।
मंसिर २०, काठमाडौँ । साँखु जोरपाटी शंखरापुर सडक सरोकार समितिले सडक समयमै निर्माण गराउनका लागि ध्यानाकर्षण सहित सडक ¥याली निकालेको छ ।

उक्त सडक ¥यालीमा पुगेका पूर्व सांसद दीपक कुईकेलले सम्वोधन गर्दै सडक समयमै निर्माण नहुनुमा जिम्मेवारी पाएका निकाय नै कानमा तेल हलेर बसेको आरोप लगाएका छन् । सरकारले तीन वर्षसम्मको कार्यकालमा व्यक्ति, जग्गाधनी र सडकलाई जुधाएर सडक निर्माण कार्यलाई अन्यौलको बन्दी बनाएकोमा सांसद कुईकेलले आपत्ति जनाएको छ ।

अहिले सडकमा यातायात मात्र नभएर सामान्य नागरिक समेत हिड्न नसक्ने अवस्था छ त्यसतर्फ चाँडै सरोकारवाला र जनप्रतिनिधिलाई सचेत हुनुपर्ने बताए । राज्यले जनताको सम्पत्ति अधिक्रमण गर्ने होईन सुरक्षा दिनुपर्ने बताउँदै जनताको जमिनको पनि उचित मूल्यांकन गर्दै बाटोलाई निर्माण गर्नुपर्ने बताए ।

उपत्यका विकास प्राधिकरणको आयोजनामा भईरहेको उक्त सडक समयमै निर्माण हुन नसक्दा स्थानीय तथा सार्वसाधारणले सास्ती खेप्नु परेको भन्दै सरोकारवाला समिति गठन गरी सम्बन्धित पक्षलाई दबाद दिदै आईरहेको सरोकार समितिका  अध्यक्ष मिलन खडकाले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.