कपिलवस्तु बहुमुखी क्याम्पसमा सरसफाइ कार्यक्रम

धीरज कोरी
मंसिर २०, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा सरसफाइ कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ।

क्याम्पसको प्राध्यापक भक्तिराम पन्थीको मन्तव्यवाट सुरु गरिएको सरसफाइ कार्यक्रम क्याम्पसभित्र रहेको कागजको टुक्रा,पात र पलाष्टिक लगायतका फोहारमैला, विद्यार्थीहरुको सहयोगवाट व्यवस्थापन र जलाइएको थियो। क्याम्पसको पुर्व प्रमुख विष्णु देव यादव,अर्का पुर्व प्रमुख नवराज तिवारी, क्याम्पसको वर्तमान प्रमुख डा. विनय कुमार पाण्डे ,सवै विभागको प्रमुख, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.