जोरपाटी – सुन्दरीजल सडक विस्तारको लागि बाटो खुल्यो

प्रारम्भ खबर ।
मंसिर २०, काठमाडौँ । जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार गर्ने क्रममा आज जोरपाटी चोकबाट डोजर लगाएर सुरु गरेको छ ।
प्रतिनिधिसभा सांसद कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपमेयर शान्ती नेपाल  लगायत अन्य जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा आज जोरपाटी चोक सडक छेउमा भौतिक संरचनाहरु भत्काई सडक विस्तारको लागि बाटो खुलाएको छ ।

सडक विस्तार गर्ने क्रममा सडक छेउका केही घरधनीहरुले सामान्य अवरोध पु¥याउन खोजिए पनि बाग्लो सुरक्षाकर्मीका कारण शान्तिपूर्वक बाटो विस्तारको लागि बाटो खुलेको जनप्रतिनिधिहरु बताउँछन् । शुक्रबार विहानै भौतिक पूर्वधार तथा यातायात विकास मन्त्री बसन्त नेम्वाङको अनुगमनसंगै सडक छेउका घर तथा सार्वजनिक भौतिक संरचना भत्काउने कार्यले सडक उपभोक्तहरुलाई आशाको दियो जगाएको छ ।

यसअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिका स्थित जोरपाटी सुन्दरीजल सडक खण्ड विस्तारमा अवरोध भईरहेको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाको कार्यक्षेत्रमा पर्ने जोरपाटीचोकदेखि सुन्दरीजलसम्म विस्तारका लागि २ प्याकेजमा ठेक्का आह्वन गरी निर्माण व्यवसायीसंग खरिद सम्झौता समेत भईसकेको उक्त सडकमा वर्षौ बितेपनि विस्तार कार्य अघि बढाउन सकिरहेको थिएन ।

चेनेज ०+००० देखि ६+००० किलोमिटर लम्बाईमा रहेको उक्त सडकको कूल चौडाई सडकको केन्द्रदेखि दायाँबायाँ ११÷११ मीटर गरी कूल २२ मीटरमा फराकिलो बनाउने गरी कार्य अगाडी बढाउन निर्माण कम्पनी श्री आशिष÷सि.एम. जे.भि. बानेश्वरसंग मिति २०७३ असार ३ गते सम्झौता भएको थियो । उक्त ठेक्का सम्पन्न मिति भने २०७५ भदौँ ३ गते रहेको थियो ।

अब भने सडक विस्तारले निरन्तरता पाउने सकारात्मक संकेत देखिएको छ । सडक विस्तारलाई सहज वातावारण बनाउन अगुवा गरिरहेका सांसद फुयाँलसंग केही स्थानीयले प्रतिवाद गर्न खोजिएपनि विकासको काममा कसैले बाझो हाल्ने काम नगरी सहयोग गर्नुपर्ने सुझाव दिए ।  उक्त अभियानमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु र वडा अध्यक्षहरुको पनि सहभागी रहेका थिए ।

भिडियोमा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.