१३ औँ सागः सुवास तामाङले जिते गल्फमा स्वर्ण

मंसिर २०, काठमाडौं । १३ औँ साग अन्तर्गत नेपालका लागि सुवास तामाङले स्वर्ण जितेका छन् ।

गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको खेलमा सुवासले गल्फको एकल र‌ टिम इभेन्टमा स्वर्ण हासिल गरेका हुन् । अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडे ।

नेपालले टिम इभेन्टमा पनि स्वर्ण जितेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.