१० दिनपछि प्रधानमन्त्री ओली अस्पतालबाट फिर्ता

मंसिर १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट बिहीवार अपरान्ह डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रम ओलीलाई चिकित्सकहरूले ‘केही दिन आराम गर्ने सुझावसहित’ निवास फिर्ता पठाइएको जनाइएको छ।अपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको थियो। ओलीलाई गत मङ्सिर १० गते अस्पताल भर्ना गरिएको थियो।

बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन्। मिर्गौलामा समस्या देखिएको बेलामै अपेन्डिसाइटिस र पेटको सङ्क्रमण भएपछि उनको शल्यक्रिया गरिएको थियो। मानिसको आमाशयमा आन्द्रानजिकै हुने अपेन्डिक्स भनिने तन्तुको सुजनलाई अपेन्डिसाइटिस भनिन्छ। सघन उपचार गर्ने क्रममै उनको हेमोडायालिसिस पनि गरिएको थियो। उनको फेरि मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको बताइन्छ। तर पेटको शल्यक्रिया गरिएकाले त्यसका लागि केही समय लाग्ने देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.