भोजपुरमा भाइले गरे आफ्नै दाइको हत्या

मंसिर १९, भोजपुर । जिल्लाको अरुण गाउँपालिका वडा नम्बर ६ घाउखानीमा भाईको दाईको हत्या गरेका छन् । १८ वर्षीय भाई डिकमान राईको चिर्पट प्रहार गरि आफ्नै ४० वर्षीय दाई सम्बर राईको हत्या गरेको हो । मादक पदार्थ सेवन गरी गत सोमबार दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेका थिए ।

दाजु भाईको झगडाको क्रममा त्यही चिर्पट खोसेर भाईले दाईलाई प्रहार गर्दा घाइते भएका राईको बुधबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दाईलाई चिर्पट प्रहार गरि हत्या गर्ने भाईलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.