मंसिर १८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्रलाई घूससहित पक्राउ गरेको छ ।
सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी (करार) भाइकाजी गौतम मार्फत् ४० हजार घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले कार्यालय परिसरबाट दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

