मंसिर १८, काठमाडौं । नेपालमा दिनहुँ सडक दुर्घटना बढिरहेका छन । मंगलबार बाग्लुङगमा १४ जनाको ज्यान जाने गरि भएको दुर्घटना सेलाउन नपाउँदै बुधबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित गडन्ता चोकमा पिकअप दुर्घटना भएको छ ।
दुर्घटनामा परि दुई जनाको मुत्यु भएको छ भने १६ जना यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा धनुषाधाम नगरपालिका २ कि ७० वर्षिया सकुन्तला देवी साह र भारत जयनगर सितामणीकी ६० वर्षीया बर्तनिया देवी साह रहेका छन । बाराको गढीमाईबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले बताए ।
क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये ४ जनाको धरानमा १२ जनाको बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

