मंसिर १७, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ का स्थानीयले सडक, खाने पानी, बत्ती, टुकुचा खोलाको समस्या समाधान गर्न जनप्रतिनिधिलाई ध्यानकर्षण गराएका छन् ।
जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा स्थानीयले समस्या समाधान गर्न ध्यानकर्षण गराएका हुन् । जनताको गुनासापछि प्रदेश सांसद नारायण शिलवालले जनताको गुनासो छिटै समाधान हुने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘विकासका कामले गति लिएको छ,’ उनले भने, ‘दीर्घकालिन रुपमा जनताको समस्या समाधान गछौं ।’ स्थानीयवासीको समस्या समाधान गर्ने कार्यक्रम ल्याउन उनले वडालाई आग्रह गरे । ‘वडामा के–के समस्या छन् ल्याउनुहोस्,’ उनले भने, प्रदेशकोतर्फबाट सहयोग गर्न पहल गर्छु ।’

कार्यक्रममा वडाध्यक्ष मोहनबहादुर विष्टले वडालाई हरियाली र धुलोमुक्त बनाउने बताए । ‘वडालाई हरियाली र धुलोमुक्त बनाउँछौं,’ उनले भने, ‘कर्मचारीको संख्या अपुग छ । कर्मचारीको संखया बढाउने हो भने जनताको धेरै गुनासा सम्बोधन गर्न सकिन्छ ।’ कार्यक्रममा वडाका स्थानीयको सहभागिता थियो ।

