झम्सिखेल सडक महोत्सव शनिबार

मङ्सिर १७, ललितपुर । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि झम्सिखेल युथ क्लबको आयोजनामा आउँदो शनिबार ‘चौथो झम्सिखेल सडक महोत्सव–२०७६’ हुने भएको छ ।

झम्सिखेल क्षेत्रमा थप पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको क्लबका प्रवक्ता कौशल घिमिरेले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन गृहमन्त्री रामबहादुर थापाबाट हुने तय भएको छ । महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनाका साथैसांस्कृतिक कार्यक्रमका अतिरिक्त विभिन्न प्रकारका स्टल राखिने आयोजनकले जनाएको छ । यसअघि विसं २०६४, २०६८ र २०७३मा यस प्रकारको महोत्सव गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.