दुर्घटना घाइते लिन पुगे पूर्वमन्त्री गोकर्ण विष्ट

मंसिर १७, काठमाडौं । बाग्लुङ बडिगाड–७ मा दुर्घटनामा घाइते भएकालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई काठमाडौैं ल्याइएको हो । नवलपरासी बर्दघाटका जीवन कार्की, रोल्पा घर, इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्कीलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । पूर्वमन्त्री गोकर्ण विष्ट दुर्घटनाका घाइतेलाई दिन हेलिकोप्टर लिएर बडिगाड पुगेका थिए ।

बाग्लुङको बडिगाड दुर्घटनामा चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको थियो । एकजनालाई बडिगाड खोलाले बगाएर वेपत्ता बनाएको छ । जीपमा १८ जना सवार थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.