साग पुरुष फुटबल : बंगलादेशमाथि भुटानको जित

मंसिर १६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा भुटानले बंगलादेशलाई पराजित गरेको छ ।

कप्तान चेन्चो ग्याल्सेनले ६५ औं मिनेटको गोल निर्णायक बनेपछि भुटान १–० ले विजयी सुरुवात गरेको हो । दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । जितसँगै भुटानले तीन अंक जोडेको छ । सोमबार साँझ पाँच बजे माल्दिभ्स र श्रीलंकाबीच खेल हुँदैछ । नेपालको पहिलो खेल भने मंगलबार भुटानसँग हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.