कपिलवस्तुमा पहिलो पटक राम विवाह धुमधामका साथ मनाईयो

धीरज कोरी
मंसिर १६, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा अइताबार पहिलो पटक प्रभु श्री रामको विवाह उत्सव धुमधाम का साथ मनाइएको छ।

श्री राम विवाह उत्सव कार्यक्रममा बाल मन्दिरवाट राजा दशरथ, रामलक्ष्मण र हनुमान रथमा बसेर बाजागाजाका साथमा रथ यात्रा निकालिएको र्‍याली नयाँ टोल, गौडी चौक हुँदै प्रशासन चौक पुनः बाल मन्दिरमा रथ यात्रा अएको थियो। सीता र राम बीच उक्त दिन विवाह भएको हुनाले राम जानकी मन्दिरमा हरेक बर्ष राम विवाह उत्सवको पर्वका रुपमा मनाउने गरिएको पनि यो वर्ष पहिलो पटक कपिलवस्तुमा पनि विवाह महोत्सव मनाइएको छ।

राम र सीता को वैवाहिक कार्यक्रम ,सोही कार्यक्रममा संस्कृतिक नृत्य को प्रस्तुति पनि गरिएको थियो। राष्ट्रिय हिन्दु परिषद् नेपाल र दुर्गा पूजा समिति कपिलवस्तुको संयुक्त आयोजनामा राम विवाह उत्सव संचालन गरिएको छ। राम विवाह उत्सवको कार्यक्रमलाई आगामी बर्षमा अझ भव्य रुपमा मनाउनको आफुले राष्ट्यि हिन्दु परिषदका जिल्ला अध्यक्ष विरेन्द्र चौधरीले बताए । कार्यक्रममा विभिन्न विद्यालयका प्रमुखहरु,शिक्षकहरु,विद्यार्थीहरु र कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप,भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय,दानबहादुर चौधरी,रविन्द्र मिश्र लगायतको अन्य व्यक्तिको सहभागिता रहेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.