नक्कली ‘इन्सपेक्टर’बनेर पैसा असुली गर्ने चतुर्वेदी पक्राउ

मंसिर १२, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५ बस्ने २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी छन् ।

चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काई पैसा मागेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चतुर्वेदी हातहतियार खरखजना कसुरमा ०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.