नेपाल प्रहरी र नेपाल टेलिकमबीच समझौतापत्रमा हस्ताक्षर

मंसिर ११, काठमाडौँ । नेपाल प्रहरी, नेपाल प्रहरी खेलकुद समिति (नेपाल पुलिस क्लव( र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमबीच नेपाल पुलिस क्लवको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन नेपाल टेलिकमले गर्ने सम्बन्धमा दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले समझौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त समझौतापत्र आदानप्रदान समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीका खेलाडीहरुले विगतदेखि नै राष्ट्रलाई चिनाउन पुर्या उँदै आएको योगदानको चर्चा गर्दै सम्झौताले राष्ट्रिय खेलकुदलाई अगाडि बढाउन र खेलकुद जगतमा एक्यवद्धता जगाउन थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

फुटबल खेलबाट राष्ट्रियता र राष्ट्रिय एकताको जगेर्ना गर्न ठूलो भूमिका निर्वाह हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘शान्ति सुरक्षा, अपराध अनुसन्धान सँगसँगै खेल जगतलाई अगाडि लैजाँदै राष्ट्रको गरिमा बढाउन नेपाल प्रहरी लागीपर्दै आएको छ ।’ प्रहरी महानिरीक्षक खनालले खेलकुदका केही सीमिततालाई पूर्ति गर्दै जाने उल्लेख गर्दै प्रहरी खेलाडीहरुले नेपाल प्रहरी मात्र होइन राष्ट्रकै गौरव बढ्ने गरी उच्च नैतिकता, मर्यादा र खेलप्रतिको समर्पणभाव प्रर्दशन गर्दै प्रस्तुत भएमात्र सम्झौताको सार्थकता हुने बताउनुभयो ।

नेपालमा सम्पन्न हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) लगायत सबै खेलमा महत्वपूर्ण योगदान पुर्याहई संगठनको शिर उच्चो बनाउने ठूलै चाहना र अपेक्षा आफूले खेलाडीबाट राखेको उहाँले चर्चा गर्नुभयो । खेल क्षेत्रमा मात्र होइन शान्ति सुरक्षा कायम, अपराध अनुसन्धान गर्ने कार्यमा नेपाल टेलिकमले ठूलो योगदान पुर्यातउँदै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा अझै विशिष्ट क्षेणीका प्रविधिमार्फत आपसी सहयोग आदानप्रदान गर्न अभिप्रेरित हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल टेलिकमले गरेको विश्वास र सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै उहाँले यस सम्झौताको अवधि सकिएपछि पनि पुनः अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक तथा अन्य उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालयस्थित विभिन्न निर्देशनालयका प्रमुख एवम् वरिष्ठ अधिकृतहरु, नेपाल पुलिस क्लवका प्रशिक्षक तथा खेलाडीहरु समेतको उपस्थिति रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.