मंसिर ११, काठमाडौं । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।
दुर्घटनामा ११ जना घाइते छन । प्रदेश नम्बर ५ का डीआइजी शुरेशविक्रम शाहका अनुसार ज्यान गुमाउनेमा तीन महिला र पाँचजना पुरुष छन् । सन्धीखर्कबाट बुटबवल जाँदै गरेको लु २ ख २१४८ यात्रुबहाक बस सन्धीखर्क नगरपालिका–१ स्थित नरपानी र घुम्चीको बीचमा दुर्घटनामा परेको हो । डीआइजी शाहका अनुसार बस सडकबाट ६ सय मिटर तल खसेको छ ।
डीआइजी शाहले भने– “बसपार्कबाट १७ जना टिकट काटेर यात्रा गरेको देखिन्छ भने बाटोमा ३ जना थपिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घाइतेको उद्धारकार्य जारी छ ।’’

