कम्युनिष्टको पालामा मुलुक आत्मनिर्भरतातर्फः नेता गुरुङ

मंसिर १०, कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा देश आत्मर्निभरतातर्फ उन्मुख भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत नेकपा वडा पार्टी कमिटी पोखरा– १६ ले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उहाँले कम्युनिष्ट सरकार स्थापनाको दुई वर्षमा आर्थिक वृद्धिदर इतिहासकै उच्च विन्दुमा रहेको तथा आयात कम र निर्यात वृद्धि हुन थालेको बताउनुभयो । पार्टी संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका नेता गुरुङले पाइपलाईनबाट इन्धन आयात, पानीजहाज लगायतका योजना शुरु हुनु तथा खाद्यान्नमा आत्मर्निभरताको बाटोमा देश अघि बढ्नुले वर्तमान सरकार सफलतातर्फ उन्मुख भएको दाबी गर्नुभयो । लिपुलेक, लिम्पीयाधुरा र कालापानीको सीमा विवाद अन्तरराष्ट्रिय विषय भएकाले यसलाई कूटनीतिक तवरबाट हल गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि सरकारले आवश्यक प्रक्रिया शुरु गरिसकेको जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारीले भूमि विद्येयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेकाले भूमिहीन र सुकुम्वासीलाई उचित आवासको प्रबन्ध गरिने बताउनुभयो । नेकपाका उम्मेदवार विद्या भट्टराईले स्व रवीन्द्र अधिकारीले कोरेको विकास र समृद्धिको खाका नै आफ्नो चुनावी एजेण्डा रहेको चर्चा गर्दै पोखरालाई विकास र समृद्धिको उच्चतम विन्दुमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभामा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राजकाजी गुरुङ, केन्द्रीय सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष कृष्ण थापा लगायतले नेकपा उम्मेदवारको पक्षमा मत माग्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.