विद्यार्थीहरुद्वारा त्रिचन्द्र कलेजका प्रमुखमाथि कुटपिट

मंसिर ९, काठमाडौं । शुल्क वृद्धि फिर्ता नगरेको भन्दै विद्यार्थीहरूले त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेका छन् ।

न्यौपानेलाई सोमबार बिहान कलेज परिसरमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले कुटपिट गरेका हुन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार कलेज प्रमुख न्यौपानेलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जना विद्यार्थीलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.