मंसिर ९, काठमाडौं । जागिर दिन चाहिने र जागिर खोज्नेलाई एउटै स्थानमा ल्याउने उद्देश्यसहित रोजगारी संजाल डटकम सुरु गरिएको छ ।
सो पोर्टलमा दिइने सबै सुविधा निःशुल्क रहेको छ । आफूलाई मन लागेको क्षेत्रमा र मन परेको काम छनोट गर्न सकिने नारा ‘सेलेक्ट योर फिल्ड चुज योर जब’ सहित यो पोर्टल सुरु गरिएको कम्पनीले जनाएके छ । यो वेबसाइटमार्फत् कुनै पनि संघसंस्था, उद्योग, व्यावसायिक संगठनलगायतले कर्मचारीको आवश्यकता परेको खण्डमा निःशुल्क आफ्नो विज्ञापन राख्न पाउने कम्पनीले जनाएको छ । जागिरको खोजीमा रहेकाले पनि वेबसाइटमा गइ व्यक्तिगत खाता खोलेर आफूलाई उपयुक्त हुने रोजगार छनोट गर्न सक्ने ग्रेफीयस टेक्नोलोजीका सीईओ देवेन्द्र नेपालले बताए ।
यो पोर्टलमा रोजगारी सम्बन्धी जानकारी पाइने र यहाँबाट आधुनिक शैलीको बायोडाटा बनाउन सकिने पनि सीईओ नेपालले जानकारी दिए । यसको लागि जागिर खोज्नेले वेबसाइटमा आफ्नो विवरण राख्नुपर्नेछ । वेबसाइटमा राखिएका विवरणहरु उपयुक्त जागिर खुल्नासाथ रोजगारदाताकहाँ पुग्नेछ । रोजगारदाताले ती विवरण हेरेर उपयुक्त उमेदवारसँग थप सम्पर्क गर्नेछन् ।

