नयाँ नियुक्त मन्त्रीले लिए सपथ

मंसिर ५, काठमाडौँ । मन्त्रीपरिषद हेरफेर पछि आज बिहिबार नयां नियुक्त भएका मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।

उनीहरु मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन् । बुधबार साँझ वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि) र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) मन्त्री बनाउन राष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री ओलीले सिफारिस गरेका थिए । यस्तै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.