मंसिर ४, काठमाडौं । बुधबार बजारमा सुनको मूल्य ७२ हजारभन्दा माथि पुगेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य साताकै सबैभन्दा धेरै हो । मंगलबार बजारमा प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएकोमा सुन बुधबार प्रतितोला एक सय रुपैयाँ बढेर तोलाको ७२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आजको लागि छापावाला सुन प्रतितोला ७२ हजार एक सय र तेजावी सुन प्रतितोला ७१ हजार आठ सय रुपैयाँ पुगेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ८६० रुपैयाँ रहेको चाँदी बुधबार प्रतितोला पाँच रुपैयाँ बढेर प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

