विश्वकप छनोटमा आज नेपाल र कुबेत भिड्दै

मंसिर ३, काठमाडौं । सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप अन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपालले आज कुबेतसँग प्रतिस्पर्धा गर्दैछ।

भुटानको थिम्पुमा खेलिने खेलमा नेपालको लक्ष्य कुबेतलाई रोक्नु रहेको छ। नेपाली टोलीका प्रशिक्षक योहान कालिनले टोलीका केही खेलाडीलाई बिर्सिएर राम्रो नतिजा ल्याउनेमा टोलीको ध्यान केन्द्रित भएको बताए । यसअघि कुबेतमा खेलिएको खेलमा नेपाल कुबेतसँग ७–० गोलले पराजित भएको थियो।

नेपालका लागि आज पुरानो गल्तीलाई सुधार गर्दै महत्वपूर्ण खेलाडी विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङको अभावलाई टार्नु अर्को लक्ष्य रहेको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले भुटान जानु अघि यी चार खेलाडीलाई टोलीबाट हटाएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.