मधुमेहका तीनजना बिरामीमध्ये एकजनामा दृष्टिको समस्या

मंसिर ३, काठमाडौं । मधुमेहका बिरामीहरुमा हरेक तीनजनामध्ये एकजनामा दृष्टिको समस्या देखिने गरेको पाइएको छ । आँखा रोग विशेषज्ञ डा। वेन लिम्बुले मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्ने बताए ।

“मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करीब सबै र दोस्रो प्रकारको मधुमेहमा करीब दुई तिहाई बिरामीको आँखाको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ,” उनले भने, “संसारमा कुल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत अन्धोपना डायबेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ,” आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेकोसमेत पाइएको छ ।”

उनले मधुमेह बिरामीमा आँखाको पर्दामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने तर जति बेला थाहा हुन्छ त्यतिबेला आँखा नै गुम्ने खतरामा पुगेको हुने गरेको बताए । मधुमेहका बिरामीहरुले समय समयमा आँखाको चेकजाँच गर्ने र मधुमेहको समस्या नआए पनि समय–समयमा चेकजाँच गरेमा आँखा गुम्नबाट जोगाउन सकिने उनको भनाइ छ । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित रहेको देखाएको छ । अन्धोपना, हृदयरोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक मृत्यको प्रमुख कारणको रुपमा मधुमेह देखिएको बताइन्छ । विश्वमा कुल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत अन्धोपना यही डायबेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ । मृगौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुना बढी हुने चिकित्सकहरुले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.