मंसिर १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।
युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नेपली भूमीबाट विदेशी सेनालाई फिर्ता पठाउने दाबी गरे ।
“नेपाली भूमि फिर्ता लिन सक्छौं, सक्नुपर्छ,” उनले भने । उनले कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको पनि बताए । प्रधानमन्त्री ओलीले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या हल गर्न सकिने बताए । राष्ट्रियताको पक्षमा देखिएको एकताले सरकारलाई बल पुगेको उनको भनाई थियो । नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिनु मुख्य विषय भएको भन्दै उनले सरकारले आफ्नो भूमि फिर्ता ल्याउने बताए ।

