कर तिर्ने करदाताको सूची सार्वजनिकः पहिलो नम्बरमा सूर्य नेपाल

मंसिर १, काठमाडौं । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। आन्तरिका राजश्व विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको छ।

सूचीको पहिलो नम्बरमा सूर्य नेपाल परेको छ भने निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल छ। त्यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन्।

सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.