बिमल सहित राष्ट्रिय टिमका चार खेलाडी कारबाहीमा

कात्तिक ३०, काठमाडौं । राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई अखिल नेपाल फुटब संघ (एन्फा)ले कारबाही गरेको छ ।

विश्वकप छनोटको होम खेलमा कुवेतस‌ँग खेल्ने टिममा रहेका विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो । चार खेलाडी शुक्रबार राति ठमेलस्थि लाउन्च वारमा गएको भेटिएपछि कारबाही गरेको हो । कारबाहीमा परेका विमल सहित चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्ने छैनन् ।

चार जनै खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ । करबाहीको विषय भने एन्फाले खुलाएको छैन । यसअघि समेत विमलसहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.