कार्तिक ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन् ।
शुक्रबार साँझ बसेको मन्त्रीपरिषद बैठकले थापालाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकार थिए ।
प्रेस सल्लाहकारका रुपमा कार्यरत डाक्टर कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो ।

