छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको हो। सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मा दिँदै आएकामा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी कार्यमा लगाउन लागेको बताएको छ ।
नेपाल-भारतबीच करिब १८ सय ८० किलोमिटर सीमा क्षेत्रका २, ७१६ सीमा स्तम्भ गायब भएको गृह मन्त्रालयले जनाएको छ। सेना सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीझैं सिमानामा नगए पनि सर्भे तथा अनुगमन निर्देशनालयबाट समग्र अनुगमन गर्नेछ।- कान्तिपुर दैनिक

